गृहमन्त्री लामिछानेले भेटे माइतीघरमा धर्ना दिइरहेका अधिकारकर्मीलाई (फोटोसहित)


काठमाडौं, ३० पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका रुवि खानलगायतका अधिकारकर्मीलाई भेटेका छन्।

बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै एक टोली माइतीघरमा धर्नामा छन्। उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाउँदै अनुसन्धान गर्न माग गरेका थिए।

यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए। तर अधिकारकर्मीले धर्नाको आन्दोलन कार्यक्रम जारी राखेका थिए।

नेपालगन्जबाट हिडेर आएका अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धानको माग गर्दै धर्नारत रहेकी छिन्।

तस्बिर : मुकुन्द कालीकोटे

Skip This

Omoda E5 Pro