सभामुखका उम्मेदवार देवराज घिमिरेको पक्षमा मतदान गर्छौं : सिके राउत (भिडिओसहित)


काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेको पक्षमा मतदान दिने बताएका छन् । उनले आफूहरु अहिलेपनि सत्ता पक्ष नै भएकोले घिमिरेको पक्षमा मतदान गर्ने जानकारी दिए ।

तर, सम्बोधनको क्रममा भने उनले अहिलेको शासक वर्गमाथि प्रश्न उठाए । उनले शासक वर्गमा एउटा निश्चित् जातको मुखौटा भन्दा माथि उठ्न नसकेको गुनासो पोखे ।

उनले मधेशी, थारुहरुलाई उपेक्षा गरिएकोमा आक्रोश पोखे । सो क्रममा उनले मधेश बलिदान दिवसको सम्मानमा संसद्मा एक मिनेट मौन धारणसमेत गराएका थिए ।