प्रतिनिधि सभा बैठक जारी {LIVE}


काठमाडौं, ३ फागुन। संघीय संसद्अन्तर्गत् प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो । आजको बैठकमा प्रेम सुवालले “सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतलिका रहेको छ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धुव्र बहादुर प्रधानले “सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” पेश गर्ने सम्भावित कार्यसूचि छ।

संसद् सचिवालयका अनुसार कृषि तथा पशपुंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ।

Skip This

Omoda E5 Pro