आज नेपाल र नेदरल्यान्ड्स भिड्दै


काठमाडौं, असार ९ ।  आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज शनिवार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ। नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक कुनै विकल्प छैन। विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ। अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ। यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो। नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो। नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

 

Skip This

Omoda E5 Pro