भारत सरकारको सहयोगमा दैलेखमा ४ विद्यालय भवन निर्माण


काठमाडौं, २१ असार । भारतीय सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ।

भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्त रुपमा नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको १० करोड ८६ लाख आर्थिक सहयोगमा निर्माण गरिका चारवटा विद्यालय भवनहरूको उद्‍घाटन गरिएको छ।

दैलेखको लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदीश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसको क्याम्पस भवन गत आषाढ १८ गते स्थानीय निकायलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।