Logo

नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाद्धारा मृत्यु दावी भुक्तानी



काठमाडौं, १८ पुस । नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । वीरेन्द्रनगर–३ सुर्खेत निवासी विमित योगेश खत्रीको निधनपछि उनकी श्रीमती शान्तिकुमारी भण्डारी खत्रीलाई विमावापतको मृत्यु दाबी रकम भुक्तानी गरिएको हो ।

पाँच वर्ष पहिला ५१ लाख १८ हजार विमाङ्कको जीवन विमा गराएका योगेशको केही समय पहिला अचानक निधन भएको थियो । विमाङ्क रकम र बोनस रकममध्ये उनले लगेको ऋण रकम र नयाँ वीमावापतको प्रिमियम कट्टी गरी ३७ लाख ८८ हजार तीन सय ३५ रुपैयाँको चेक शान्तिकुमारीलाई हस्तान्तरण गरिएको हो ।

उक्त विमा रकम हस्तान्तरण कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, नेपाल लाइफ कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, अभिकर्ता संध अध्यक्ष सन्तोष शर्मा, ब्यबसायी धन बहादुर रावत, सिनियर एएम कमल गुरुङ, शाखा प्रमुख चक्र बहादुर विष्ट लगायतको उपस्थिति थियो ।

विमा रकमवापतको चेक हस्तान्तरण गर्दै अध्यक्ष कँडेलले जीवन अनिश्चित रहेकाले आश्रितका लागि विमा आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot