Logo

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने मिति नजिकियो, नयाँ सत्ता गठबन्धन दलका सांसदबाटै खुला चूनौति



काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सहकार्यको लागि कांग्रेससँगको साथ छोडेर एमाले, रास्वापा र जसपासहित नयाँ सहकार्य थालेका छन् । यो सहकार्यमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुई दिन ढिला गरेर सामेल भयो ।

सुरुमा नयाँ गठबन्धन बनाउँदा सामेल भएको जसपा भने मन्त्रिपरिषद् विस्तारमा रोकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्रको किचलोको कारण सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाउन नसकेको बताईएको छ । यादवले आँफै उपप्रधानमन्त्रीसहित स्वास्थय मन्त्रालयको नेतृत्व गरेर जाने भनिएको छ ।

मेटमणिको सनसनीपूर्ण खुलासाः पाँच दिनभित्र देशको राजनीति नयाँ कोर्षमा जान्छ (भिडिओसहित)

प्रधानमन्त्री दाहालले भोलि नै जसपाका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन् । जसपापनि सरकारमा सामेल भएपछि अहिले प्रधानमन्त्री दाहालसँग सुविधाजनक बहुमत छ । कांग्रेसले यसअघि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिइसकेको छ । अब प्रधानमन्त्री दाहालले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री दाहाल अब ढिला नगरी विश्वासको मत लिन चाहन्छन् । उनले आजै आफ्नो दलको संसदीय दलको बैठक राखेर नयाँ गठबन्धन बनाउनुको बाध्यता सुनाएका छन् । यसको अलावा विश्वासको मत लिने मितिबारे पनि छलफल गरेका छन् । माओवादीका एक सांसदले दिएको जानकारी अनुसार प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विश्वासको मत लिने भनेका छन् । र, सांसदहरुलाई ह्वीप जारी गर्ने भनिसकेका छन् । अहिलेको गठबन्धनबाट माधव नेपाल र उपेन्द्र यादवलाई बाहिर निकाल्नको लागि प्रचण्डको धोका खाएका कांग्रेस सभापति शेरबहादुर देउवा कम्मर कसेर लागेका छन् ।

वर्तमान सरकारको आयु एक महिना पनि छैनः मेटमणि चौधरी

माधव नेपाल फकाउनको लागि देउवाले पत्नी आरजु राणा र रमेश लेखकलाई खटाएका छन् । देउवा दम्पत्तिले यसअघि पनि प्रचण्डले धोका दिएको भन्दै भेटेरै नयाँ सत्ता सहकार्यको लागि तयार रहन र देशको नेतृत्व लिन प्रस्ताव गरेको कुरा बाहिरिएको छ । तर, नेपालले भने आफूले नयाँ ढंगले जाने निधो गरेको र प्रधानमन्त्री बन्न आएको प्रस्तावपनि पत्यारिलो नभएको भन्दै देउवासँग सहकार्य नगर्ने निश्कर्ष सुनाएको बताईएको छ । file photo

प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिनको लागि सकस भएको चर्चा हुन थालिसकेको छ । भूराजनीतिक स्वार्थ र टकरावका कारणपनि दाहाल दबाबमा छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले त विश्वासको मत नदिने भनेर सार्वजनिक रुपमै भनिसकेका छन् । उनले प्रचण्डलाई विश्वासको मत लिन नदिएर फेल गराउने पनि घोषणा गरेका छन् । मेटमणिजस्तै एकीकृत समाजवादीमा मन्त्री बन्न नपाएकाहरु देउवाको सम्पर्कमा रहेको बुझिएको छ ।

उता, रवि लामिछाने नेतृत्वको रास्वपाका आधा दर्जन सांसदहरु अहिले बनेको नयाँ गठबन्धनलाई लिएर रुष्ट छन् । उनीहरुले पनि विश्वासको मत दिने दिनसम्म विद्रोह गर्नसक्ने चर्चा बजारमा हुन थालिसकेको छ । जसपामा पनि सरकारमा सहभागी हुने विषयलाई विवाद खडा भएको छ । त्यही पार्टीभित्रको विवादकै कारण अध्यक्ष यादवको सत्तारोहणमा अवरोध खडा भएको चर्चा सेलाएको छैन् ।

अहिले जसपाले दुई मन्त्री र एक राज्यमन्त्री पाएको छ । यस्तोमा यादव आँफै सरकारमा जाने भएपछि विरोध नहोला भन्ने नेताहरुको बुझाई थियो । तर, मन्त्री बन्ने आकांक्षा राखेकाहरुले भने अन्तिममा धोका भएको भन्दै प्रधानमन्त्री दाहालले विश्वासको मत लिने बेलासम्म विद्रोह गर्ने तयारी गरेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot