जेनजी आन्दोलनमा पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि दिए धर्ना


काठमाडौं । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुँदा‍ पक्राउ परेका व्यक्तिहरुका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।

उनीहरुले आज सिंहदरबार अगाडि धर्ना दिएका हुन्। उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर धर्ना दिए।

जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ गरेर प्रहरीले उनीहरुलाई विभिन्न हिरासतमा राखेका छन्।