काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सांसद खगेन्द्र सुनार अडियो प्रकरणमा दोषी ठहरिए कारबाही हुने बताएका छन्। बुर्लाकोटीले छानबिनबाट दोष पुष्टि भए कारबाही गरिने स्पष्ट पारेका हुन्।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारसँग जोडिएको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले अनुसन्धान अघि बढाइसकेको जानकारी दिए। उनका अनुसार छानबिनको निष्कर्षका आधारमा आवश्यक निर्णय लिइनेछ।
छानबिन पूरा नभएसम्म सुनारलाई आफ्नो पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पनि बुर्लाकोटीले बताए।
सार्वजनिक भएको अडियोमा केही प्रमाणसमेत रहेको दाबी गरिएकाले त्यसको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको उनको भनाइ छ।
बुर्लाकोटीले अडियो प्रकरणमा प्रचलित कानुनअनुसार राज्यका निकायबाट अनुसन्धान गर्नुपर्ने अवस्था आए पार्टीले त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।




प्रतिक्रिया