Logo

हिरोइज्म देखाउन व्यवसायी पक्रिने प्रवृति बढ्योः बार अध्यक्ष घिमिरे



काठमाडौं, ५ फागुन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले ब्यबसायीलाई आतङ्कित बनाएको टिप्पणी गरेका छन् । उनले कार्यसम्पादनका क्रममा आएका समस्या समाधानका लागि कानुन बनाउने, संशोधन गर्ने लगायतका काममा लाग्नुपर्ने गृहमन्त्री हिरोइन्म देखाउन व्यवसायी पक्राउ गर्ने काममा लागेको बताएका हुन् । उनले सरकारले यसैगरी व्यवसायीलाई तर्साउने र पक्राउ गर्दै जाने हो भने देश कंगाल हुने उनले बताए ।

‘गृहमन्त्रीले आफ्नो मन्त्रालय मातहतको कानुन संशोधन गर्न लग्यो कि लगेन ? हामी देखाइदिन्छौं कतिवटा कानुन संशोधन गर्नुपर्ने छ ? केही कानुन निर्माण गर्नुपर्ने भए त्यो विल लिएर संसद्मा गयो कि गएन ? अहिले गृहमन्त्री, कानुनमन्त्रीको काम भनेको विल पेश गर्ने हो । कानुन छैनन, संशोधन गर्नुपर्ने छ । संविधान संशोधनको माहोल बनाउन पर्नेछ । यत्रो नेगेटिभिटी फैलिएको छ देशमा ।’ उनले भने, ‘तपाईँले यसलाई रोक्नुपर्दैन ? व्यपारीहरु सबैलाई थुन्दिनुस् अब । को बस्छ नेपालमा त्यसपछि ? के देशलाई कंगालमा बनाउन खोजेको ? सारा व्यापारीलाई तर्साएर, एकछिन हिरोइज्म देखाउनका लागि व्यापारी तर्साउने, व्यवसायी तर्साउने, युवाहरुलाई विदेश पठाउने । को बस्छ यो देशमा त्यसपछि ?’

अध्यक्ष घिमिरेले देशलाई ठीकठाक ढंगबाट सञ्चालन गर्न कानुन र पोलिसी बनाउन आवश्यक रहेको बताए
। युवालाई विदेश पठाएर र व्यापारी र व्यवसायीलाई तर्साएर देश विकास नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot