गाईघाट (उदयपुर), ८ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीले केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकारले अध्यादेशबाट शासन गरेको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘अध्यादेशबाटै देशलाई चलाउने हो भने संसद् खारेज गर्दा भयो । आफूलाई दुईतिहाई बहुमत छ भनेर हिँड्ने सरकारले संसद्बाट डराएर अध्यादेशको बाढी चलाएको छ।’
उदयपुरको चौदण्डी नगरपालिका वीरेन्द्रबजारमा आयोजित शहीद सम्झना कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले सरकारले संसद्को क्षेत्राधिकार मिचेको भन्दै आलोना गरे । किरातीले अहिलेको ओली सरकारले तानाशाही प्रवृत्ति देखाएको पनि आरोप लगाए ।
उनले भने,‘लोकतान्त्रिक व्यवस्थामा कार्यपालिकाले व्यवस्थापिकाको सिमा मिच्न मिल्छ कि मिल्दैन ? देशका बौद्धिक वर्ग बोल्ने बेला भयो। यसरी नै सरकारले संसद्को क्षेत्राधिकार मिच्ने हो भने संसद् खारेज गरिदिउँ । यति ठूलो देशलाई आर्थिक भार किन बोकाउनुपऱ्यो ? जनताको कष्टकर जीवनप्रति सँधैं सरकार उदासिन रहने अलोकतान्त्रिक गैरसंवैधानिक ढोकाबाट शासन गर्न रुची गर्ने सकारलाई तानासाही किन नभन्ने ?’




प्रतिक्रिया