ओली सरकारले सुशासन कायम गर्न सक्दैन : माओवादी नेता साह (भिडिओसहित)


काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गणेश साहले अहिलेको सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्ने ठोकुवा गरेका छन् । आज (शनिबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मलाई लाग्छ यो ओलीजीको सरकारले मुलुकमा सुशासन दिन सक्दैन् । सुशासनको लागि त अधिकारको प्रत्योजन हुनुपर्छ । ओलीजीमा त सबै अधिकार आँफै लिने मनस्थिति छ, त्यसले हुँदैन ।’

अहिलेको सरकार भ्रष्टाचार नियन्त्रण गर्न नसकेको कुरा ट्रान्सरपरेन्सी इन्टरेनश्नलको रिपोर्ट र हालै सम्पत्ति शुद्धिकरणको ग्रे–लिष्टमा परेको तथ्यांक साहले सुनाए । उनले राजनीतिज्ञ, व्यापारी र कर्मचारीतन्त्रको मिलेमतोमा भ्रष्टाचार भैरहेको टिप्पणी गरे ।