थप दश निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?


काठमाडौं, फागुन २८ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको फागुन ५ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।