काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा उच्च पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट केसी सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका थिए ।
साधारणसभा सम्पन्न भएपछि बसेको बैंक सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई आगामी चार वर्षका लागि बैंकको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले अध्यक्ष पदको जिम्मेवारी सम्हालेका हुन् ।




प्रतिक्रिया