धनुषामा बस दुर्घटना, ३० जनाभन्दा बढी यात्रु घाइते


काठमाडौं, १ चैत । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस आज (शुक्रबार) विहान ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको छ । हालसम्म घाइतेहरूको विवरण सङ्कलन गरिसकिएको छ । ६ जनालाई गम्भीर चोटपटक लागेको बताइएको छ । अन्य घाइतेलाई सामान्य चोटपटक लागेको छ । घाइतेहरूको उपचार ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको बताइएको छ । File Photo/RN