नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी र यूनिटी स्कुल प्रथम


भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम चाँगुनारायण–८, भक्तपुरमा रहेको पारिजात विद्याकुन्ज स्कुलको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा ५ अन्तर्गत रुबी भ्याली स्कुलको अभिक ढकाल प्रथम र कक्षा ४ अन्तर्गत यूनिटी स्कुलको हिमांशु भट्ट प्रथम भए ।

वक्तृत्वकलाको प्रतियोगितामा कक्षा ५ का लागि “मोवाइल फोनको सदुपयोग” शीर्षकमा विद्यार्थीहरुबीच भएको प्रतिस्पर्धामा द्धितीय स्थान डेमोस स्कुलकी उपेक्षा तामागं, तृतीय स्थान मदरल्याण्ड स्कुलकी अग्रता पोखरेल र सान्त्वना स्थान ईडेन गार्डेनको रोबर्टसन भण्डारीले हात पार्न सफल भएका थिए । त्यसैगरी कक्षा ४ का लागि “स्वस्थ परिवार, सुखी समाज” विषयको प्रतियोगितामा डेमोस स्कलकी सलोनी तामागंले द्धितीय स्थान, रुवी भ्यालीको सृजन चौलागाईँले तृतीय स्थान र ईडेन गार्डेनकी ब्रिश्रुती सापकोटाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरले सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि वार्षिक योजना बनाएर नै विविध प्रतिस्पर्धाको आयोजना गरिएको अध्यक्ष सञ्जय खड्काले जानकारी दिए ।