जनप्रशासन क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का अनिकेत तिवारी निर्वाचित


काठमाडौं, ६ चैत । जनप्रशासन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल (क्रान्तिकारी) का उम्मेदवार अनिकेत तिवारी निर्वाचित भएका छन् । तिवारीले १ हजार १८ मत ल्याएर स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।

जप्रशासन क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल (क्रान्तिकारी) बीच गठबन्धन भएको थियो । अखिल (क्रान्तिकारी) का तिवारी अध्यक्षमा र अन्य दुई सदस्य समन अवस्थी र आदिती कुसहवा निर्वाचित भए । नेविसंघका कुनै पनि उम्मेवार निर्वाचित हुन सकेनन् । File Photo/RN