बानेश्वर क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का भूमिराज अधिकारी निर्वाचित


काठमाडौं, ६ चैत । बानेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल (क्रान्तिकारी) का उम्मेदवार भूमिराज अधिकारी निर्वाचितभएका छन् । अधिकारीले १ सय ७५ मत प्राप्त गरी स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै, सचिवमा रविन रिजाल, कोषाध्यक्षमा संगिता भट्टराईसहित बानेश्व क्याम्पसको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) का प्यानल नै निर्वाचित भएको छ । नवनिर्वाचित अधिकारीका प्रतिस्पर्धी रहेका नेविसंघका निराजन कार्कीले १४९ मत पाएका थिए । File Photo/RN