शिक्षामन्त्री भट्टराईको राजीनामाबारे सुदन किरातीको टिप्पणीः अयोग्य पाईलटको लाईसेन्स खोसिनुपर्नेमा एयरहोस्टेजको जागिर गयो


काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अयोग्य पाइलट’ को संज्ञा दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएको सन्दर्भ उल्लेख गर्दै उनले अयोग्य पाइलटको लाइसेन्स खोसिनुपर्नेमा एयरहोस्टेजको जागिर सकिएको टिप्पणी गरेका छन् । ‘अयोग्य पाईलटको लाईसेन्स खोसिनु पर्ने तर एयरहोस्टेजको जागिर गयो,’– उनले भनेका छन् ।

शिक्षामन्त्री भट्टराई उच्च नैतिकता प्रदर्शन गरेको उल्लेख गर्र्दै उनले शिक्षामन्त्री भट्टराई उच्च नैतिकता प्रदर्शन गरेको संकेत गरेका छन् । ‘काँक्रामाथी चक्कु झरे पनि, चक्कुमाथी काँक्रा झरे पनि आखिरी काँक्रै काटिन्छ । जे भएपनि नैतिकता जीवनको शक्ति हो,’– नेता किरातीले भनेका छन् ।

गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली संवेदनशील नभएपछि भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिईन् । File Photo/RN