काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै उनले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताप्रति गम्भीर नदेखिएको टिप्पणी गरे।
राज्यका निकायबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियाको बेवास्ता भइरहेको उनको भनाइ थियो।
आङ्देम्बेका अनुसार सरकारका गतिविधिबारे साझा धारणा बनाउन छिट्टै प्रतिपक्षी दलहरूको बैठक बस्नेछ। बैठकपछि सरकारप्रतिको साझा धारणा सार्वजनिक गरिने उनले बताए।
उनले सत्तारूढ रास्वपाको कार्यशैलीमाथि समेत प्रश्न उठाउँदै राम्रा कामको जस पार्टीले लिने तर कमजोरीको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको आरोप लगाए।




प्रतिक्रिया