बनेपा । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो पन्छाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएका छन् ।
शुक्रबार र शनिबारको वर्षाले काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुंगा थुप्रिएपछि शनिबार बिहानदेखि आवागमन अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो र लेदो हटाउन सुरु गरिएको थियो । सडक खुलाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो ।
रोसी गाउँपालिका-९ पिन्थलीमा खहरे खोलाको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नं ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि पुनःयातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस




प्रतिक्रिया