काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
मिश्रलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् ।
उक्त बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।
गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो । मिश्र सोही राति ९ बजेतिर पक्राउ परेका थिए ।
‘निजलाई हिरासतमै राख्नुपर्नेसम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउनेगरी निजका कानुन व्यवसायीको जिम्मा लगाइ तत्काल थुनाबाट मुक्त गरिदिनु भनी विपक्षीहरुको नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिएको छ,’– आदेशमा भनिएको छ ।
प्रतिक्रिया