मलाईँ विद्युत प्राधिकरण नफापेको हो किजस्तो लाग्छः हितेन्द्रदेव शाक्य (भिडिओसहित)


काठमाडौं, ६ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले आफूलाई प्राधिकरण नफापेकोजस्तो देखिएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू आएपछि खोजीखोजी समस्या थुपारिएको बताएका हुन् ।

‘तपाईँलाई नेपाल विद्युत प्राधिकरण नफापेकै हो त ?’ भन्ने प्रश्नमा उनले भने, ‘अलिअलि चाहीँ त्यस्तो हो कि जस्तो लाग्छ । समस्या चाहीँ होइन त्यो । खोजी–खोजी पसेर त्यहाँ जुम्रा केलाएर निकालेको जस्तो भयो । आफ्नो आङको भैंसी हेर्नु पर्दैन ? त्यही बेलामा खोज्दै निकाल्दा समस्या देखियो । ट्रिप भएको छ । त्यो लोडसेडिङ होइन,’– उनले भने ।

उनले अहिले आफूले काम गरिरहेको र सामाजिक सञ्जालमा भइरहेको आलोचनाबाट नआत्तिएको बताए । कार्यकारी निर्देशक शाक्यले अब नेपालमा लोडसेडिङ नहुने बताए । ‘लोडसेडिङ हुँदैन, किन तालिका सार्वजनिक गर्ने ? म उद्योगधन्दालाई पनि आश्वस्त पार्न चाहन्छु कि अबको जाडोमा पहिलाको भन्दा कम्तिमा पनि २ घण्टा म घटाएर देखाउँछु,’– उनले भने । File Photo/RN