काठमाडौं, ७ जेठ । रौतहट जिल्लाबाट १५० जना मुस्लिम समुदायका हजयात्रुहरू पवित्र मक्का–मदिनातर्फ हजको पुण्य यात्रामा प्रस्थान गरेका छन् ।
नेपाल हज कमिटीका सदस्य, नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य तथा मुस्लिम इत्तेहाद, मधेस प्रदेश इन्चार्ज शेख गुलाम सर्वको नेतृत्वमा उनीहरु हजको पुण्य यात्रामा प्रस्थान गरेका हुन् ।
सम्पूर्ण मानव जातिमा शान्ति, सद्भाव, र एकताको सन्देशका फैलियोस् भन्ने कामनासहित इस्लाम धर्मावलम्बीहरु हजको पुण्य यात्रामा जाने गर्छन ।



प्रतिक्रिया