काठमाडौं, २९ जेठ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले राजावादी आन्दोलन नतुहिएको दाबी गरेका छन् । उनले यो आन्दोलन अब नयाँ ढंगले सशक्त रुपमा अघि बढाईने पनि उद्घोष गरेका छन् । स्वर्गीय राजा महेन्द्र शाहको १०५औं जन्मजयन्तीको अवसरमा राप्रपाको राजनीति विभागले आयोजना गरेको ‘नेपाल निर्माणमा राजा महेन्द्रको योगदान’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिले राजावादी आन्दोलनको भविष्यलाई लिएर चिन्ता र चासो व्यक्त भएको छ, राजावादी आन्दोलन तुहिएको हो कि भनेर चासो व्यक्त भएको छ, म विनम्रतापूर्वक भन्न चाहन्छु कि जनताको परिवर्तनको चाहनालाई अब कसैले पनि तुहाउन सक्दैन् । आन्दोलन जारी छ । हो, कमिकमजोरी भएका छन्, हामी सच्याएर नयाँ ढंगबाट अघि बढ्छौं ।’
उनले नेपालमा आन्दोलन गर्न, चुनाव गर्न वा सरकार फेरबदलमा बाहृय शक्तिको चलखेल र नैतिक समर्थन रहँदै आएको आरोप लगाए । उनले गणतन्त्र ल्याउनको लागिपनि बाहृय चलखेल र आर्थिक चलखेल एको बताएका हुन् । उनले आफूहरुले देशको स्वतन्त्र अस्वित्वको रक्षाको लागि राजासहितको प्रजातन्त्रको वकालत गरेको र त्यसरी वकालत गर्नेमा राप्रपा नेपालमात्रै रहेको स्मरण गराए ।
प्रतिक्रिया