प्रतिनिधिसभा बैठक स्थगित् अर्को बैठक भोलि १ बजेलाई तय


काठमाडौं, २९ जेठ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिपक्षी दलहरुले अवरोध गरेपछि आजको बैठक स्थगित गरिएको हो । अर्को बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मुख्य विषय नभएको भनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस प्रकरणमा गृहमन्त्रीको राजीनामा भन्दापनि छानबिन मुख्य विषय भएको बताएका छन् ।