काठमाडौं, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अहिलेलाई माओवादी केन्द्रसँग डिभोर्स भएको बताएका छन् । तर, माओवादीसँग आफूहरुको मायाप्रिति भने जारी रहने उनले विश्वास व्यक्त गरेका छन् ।
भिजिट भिसा प्रकरणमा सदनको अवरोध खोल्नको लागि सत्तापक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति भएपछि झाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सत्तापक्ष र प्रमुख प्रतिपक्ष माओवादीबीच भएको आजको २ बुँदे सहमतिले अहिलेको समस्याको समाधान नगर्ने दाबी गरे ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुलाई यो दुई बुँदे सहमतिमा आउनको लागि आग्रह गरेको भएपनि आफूहरुले अस्विकार गरेको जानकारी दिए । संसद् भवनमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा झाले यस्तो प्रतिक्रिया दिएका हुन ।
उनले भने,‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो । तर, उहाँहरुले गरेको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौं, उहाँहरुले छानबिन समिति बनाउने भन्नुभएको छ । त्यो समिति गृह मन्त्रालयकै कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ । त्यसले समस्याको कुनै समाधान गर्दैन ।’ file photo
प्रतिक्रिया