काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ नेतृत्व प्राप्त गरेको छ । डा. सुजन कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन मत परिणाम अनुसार पदाधिकारीमा सर्वाधिक मत भने उपमहासचिव कमल जोशीले ल्याएका छन् । जोशीले ८१६ मत प्राप्त गरेका हुन् । यो भनेको जम्मा खसेको मतको ५६.२७ प्रतिशत हो ।
उनका निकटतम प्रतिस्पर्धी प्रेमिका शाहीले भने जोशीले जम्मा ४७४ मत प्राप्त गरेकी छिन् । यस्तै, पदाधिकारीमा दोस्रोमा महासचिव दिपक धामीले धेरै मत प्राप्त गरेका छन् । उमहासचिवमा निर्वाचित जोशी अस्कलमा अध्ययनरत छन् । उनी आफ्नो ब्याचका टपर हुन । उनलाई अहिले भावी नेतृत्वको रुपमा बधाईको ओइरो लाग्ने गरेको छ ।
प्रतिक्रिया