आन्दोलनको समिक्षा र भावी रणनीति तय गर्न कमल थापाले डाके केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौं, १ असार । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । राजा फर्काउनको लागि गरिएको आन्दोलनको समिक्षा गर्न र भावी रणनीति तय गर्न अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएको जनाईएको छ ।बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुनेछ।

अध्यक्ष थापाले मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आन्दोलनको आवश्यकता, औचित्य तथा राप्रपा नेपालको भूमिकबारे धारणा राख्ने नेता राजाराम बर्तौलाले जानकारी दिए ।