काठमाडौं, २२ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीमा निषेधको निषेध लागु हुनै नसक्ने बताएका छन् । उनले पार्टीमा आफूले ०७८ सालसम्म एउटा कार्यकाललाई नजिकबाट हेरिएको र सुनिएको भन्दै को कस्तो थियो भन्ने कुरा सबै थाहा भएको बताएका छन् । उनले केही बाँकी राखेर बोल्न भनेका छन् । उनले मतान्तरबीच मुस्कुराउँदै सँगै यात्रा गर्न सकिनुपर्नेमा जोड दिएका छन् । उनले फेशबुकमा लेखेका छन्–
०३९-४५,०४७-४९,०५२-०५४,०५८-५९,०६५,०७१ र ०७७-७८ मध्ये एउटा नजिकबाट हेरियो,सुनियो।अरुमा संलग्न भईयो-भोगियो।को कस्ता थिए,कता थिए र छन?त्यो पनि थाहै छ।मेरो भनाई यत्ति छ-केही बाँकी राखेर बोल,ताकि मतान्तर बीच मुस्कुराउदै सगै यात्रा गर्न सकियोस।पार्टीमा निषेधको निषेध लागु हुनै सक्दैन।
प्रतिक्रिया