काठमाडौं, वैशाख ३ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्गलुरुले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ । बेङ्गलुरुमा भएको खेलमा लखनउले दिएको १४७ रनको लक्ष्य बेङ्गलुरुले १५ ओभर १ बलमै पूरा गरेको हो ।
योसँगै बेङ्गलुरु ५ खेलमा चौथो जीत निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । बेङ्गलुरु र राजस्थान रोयल्सको समान ८ अङ्क छ । राजस्थान दोस्रोमा झरेको छ । आईपीएलमा आज बेलुकी पौने ८ बजे मुम्बई इन्डियन्स र पञ्जाब किङ्सले खेल्दैछन् ।




प्रतिक्रिया