लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी


काठमाडौं, वैशाख ८ । मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत गएराती सम्पन्न खेलमा लगातार चार खेलमा पराजित हुँदै दबाबमा रहेको मुम्बई इन्डियन्सले गुजरातलाई ९९ रनले पराजित गरेको हो । मुम्बईले दिएको २०० रनको लक्ष्य पछाएको गुजरातले १५।५ ओभरमा अल आउट हुदै १०० रन मात्र बनाएको थियो ।

गुजरातका लागि वाशिंटन सुन्दरले २६ र शाहरुख खानले १७ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर अश्वानी कुमारले ४ विकेट लिए भने मिचेल सान्टनर र एएम घजानफारले २(२ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको १०१ रनको शतकीय पारी र नमन धीरको ४५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यो मुम्बईको ६ खेलमा दोस्रो जित हो । त्यस्तै गुजरातको ६ खेलमा यो तेस्रो हार हो ।