काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङलाई आज एकैदिनमा तीनपटक भेटेका छन् ।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग‘कनेक्सन’ देखिएपछि गृहमन्त्री विवादमा तानिएका थिए । त्यसपछि उनी निरन्तर पार्टीको पदाधिकारीलाई भेटघाट गरिरहेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार आज मात्रै तीन पटक लामिछानेलाई भेटेका गृहमन्त्री गुरुङ सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषद् बैठकमा पुगेका छन् ।
लामिछानेबाट पाएको कुरालाई प्रधानमन्त्री बालेन्द्र साह(बालेन) लाई बुझाउन उनी पुगेको स्रोतको भनाइ छ ।




प्रतिक्रिया