मकवानपुर । बागमती प्रदेश सरकारले ४ जना सचिवहरूको पदस्थापन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारबाट सरुवा भई आएका ३ र प्रदेशमा कार्यरत एक सहसचिवलाई प्रदेश सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
तामाङका अनुसार सहसचिव महेश भट्टराई सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ भने नारायण मैनाली आर्थिक मामिला तथा योजना मन्त्रालय र अनिता निरौलालाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमा जिम्मेवारी तोकेको हो ।
सङ्घीय सरकारले गत साता सरुवा गरेका ४ मध्ये ३ जना सहसचिव प्रदेशमा हाजीर भएका थिए भने एक जना अझै हाजीर भएका थिएनन् । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव हेमराज भुसाल नीति तथा योजना आयोगमा जिम्मेवारी तोकिएको छ।
बैठकले त्रिभुवन पार्कको सञ्चालक समितिको अध्यक्षमा भने चन्द्रबहादुर गोपालीलाई नियुक्ति गरिएको छ।




प्रतिक्रिया