काठमाडौं, वैशाख २७ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्री सुदन किरातीलाई बनाउने प्रस्ताव गरेका छन्।
किरातीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गर्दै उनले राय मागेका छन्। गत शुक्रबार औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई साम्पाङले आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै सामाजिक सन्जालमार्फत राय मागेका हुन्।
उनले लेखेका छन्, ‘हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला? आफ्नो राय दिनुस् त!’
प्रदेश संरचना कार्यान्वयनमा आएको पाँच वर्षपछि अर्थात २०७९ फागुन १७ गते दुई तिहाइ बहुमतबाट पारित भएर कोशी प्रदेश नामकरण भएसकेपनि हर्क साम्पाङले भने समाजिक सञ्जालमा अझै प्रदेश १ उल्लेख गरेका छन् ।




प्रतिक्रिया