सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन


जनकपुरधाम । धनुषाको ढल्केबरमा सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका छन् । सुकुमवासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा ढल्केबरमा प्रदर्शन गरेका हुन् ।

उठिवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका उनीहरु ढल्केबरको पार्कमा कोणसभा गरेका थिए ।

कोणसभामा भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गरे । बसिरहेको जग्गाकै लालपुर्जा वितरण गर्न उनले सरकारसँग माग राखे ।