काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह र आफू फुट्छन् कि भनेर मुख नमिठ्याउन आग्रह गरेका छन् ।
रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आइतबार लामिछानेले मिल्नु पर्ने राजनीतिक दल र नेता मिल्न नसकेकै कारण नेपाल ७० वर्ष पछि परेको बताउँदै बालेन र आफूबीच यस्तो नहुने बताए ।
उनले आफूहरु देशको भविष्य बनाउने शर्त र लक्ष्यका साथ अगाडि बढेको पनि दावी गरे ।




प्रतिक्रिया