तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो


मुस्ताङ,३१,वैशाख । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन् ।

बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन् ।

तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब छ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए ।

यो पर्वका अवसरमा खुखशान्तिको कामना गर्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले नृत्य पनि

प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् । रासस