काठमाडौं, वैशाख ३१ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्तेसहित नामावली सार्वजनिक गरेको छ ।
कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो । सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।
ओरिएन्टल सहकारीका ठुला ऋणीहरूको नामावली हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
https://giwmscdnone.gov.np/media/pdf_upload/Oriental%20to%20publish_merged_hzh5epa.pdf




प्रतिक्रिया