काठमाडौं, वैशाख ३१ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदमा नियुक्तिका लागि पाँच जनाको नाम सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक वायुसेवा निगमको सञ्चालक समितिमा खुल्ला प्रतिस्पर्धाबाछ सञ्चालक समिति छनौट गरेको छ।
छनौट भएकाहरुमा डा.दीपकप्रसाद बास्तोला (पोखरा–३०, कास्की), प्रविन भट्टराई (भरतपुर–२, चितवन), महेन्द्रभक्त श्रेष्ठ (ललितपुर–१३, ललितपुर), रूप लामिछाने (गोकर्णेश्वर–१, काठमाडौं) र लिलाराज ढकाल (आँधीखोला–६, स्याङ्जा) रहेका छन्।
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्तिका लागि गत १२ वैशाखमा सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको जनाएको छ। मन्त्रालयले नियुक्ति लिन सम्बन्धित उम्मेदवारलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित हुन पनि आग्रह गरेको छ।





प्रतिक्रिया