मस्को । युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाहस्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त सहरका मेयरले शनिबार बताएका छन् । युएभी (मानव रहित हवाई ड्रोन)को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उनले जनाएका छन् ।
उनका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनहरूमा आगलागी भएको थियो भने ड्रोनका टुक्राहरू इन्धन टर्मिनल वरपर पनि खसेका थिए । मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राम मार्फत जनाएका छन् ।
नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो । रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले युक्रेनबाट रातारात प्रहार भएका ३४८ वटा ड्रोनहरू रोकेको बताएको छ ।
सन् २०२२ मा रूसले युत्रेनमा आक्रमण गरे देखि युक्रेनले प्रतिक्रया स्वरुप रूसी भूभाग–भित्र नियमित रूपमा आक्रमण गर्दै आएको छ । किएभले रूसको तेल राजस्व घटाउनका लागि ऊर्जा सुविधाहरूलाई लक्षित गरी बारम्बार लामो दूरीका आक्रमणहरु गरिरहेको बताएको छ । एजेन्सी



प्रतिक्रिया