प्रधानमन्त्री बालेन शाहद्वारा संसद्‌मा पहिलो सम्बोधन


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक संघीय संसद्‌लाई सम्बोधन गरेका छन् । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले आइतबार प्रतिनिधिसभा बैठकमा उपस्थित भई पहिलोपटक सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री बनेको लामो समय बितिसक्दा पनि संसद्‌मा उपस्थित नभएको र सदनलाई सम्बोधन नगरेको भन्दै प्रमुख विपक्षी दलहरूले लगातार विरोध र आलोचना गर्दै आएका थिए । विपक्षीको निरन्तरको दबाब र संसद् अवरोधको चेतावनीका बीच अन्ततः प्रधानमन्त्री शाहले आइतबारको बैठकमा सरकारको प्रमुखका हैसियतमा आफ्नो धारणा राखेका हुन् ।

सम्बोधनका क्रममा उनले सरकारका आगामी कार्ययोजना र समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखेका छन् ।