किन भयो सार्वजनिक लेखा समितिको बैठक स्थगित ?


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।