कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले गरे अद्यावधिक


काठमाडौँ । नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । हालसम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यला ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ ।

१४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार भन्दा बढी थिए ।