रास्वपा सभापति रवि अयोध्यामा : गरे राम मन्दिरकाे दर्शन


काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् ।

उनी पत्नी निकितासहित पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरालाई) लिएर अयोध्या पुगेका हुन् ।

उनीहरुले राम मन्दिर दर्शन तथा पूजा गरेका छन् ।उनीहरु आजै काठमाडौं फर्किंदै छन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।

भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए।