जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ


रुकुम पश्चिम । रुकुम पश्चिममा एक जना वडाध्यक्षसहित ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका—४, का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाठा, मुसिकोट नगरपालिका—११, का ४८ वर्षीय कमल पुन, त्रिवेणी—५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती रहेका छन् ।

यस्तै, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्तीमगर, नन्द कुमार घर्तीमगर र त्रिवेणी—२ का ४० वर्षीय मन बहादुर बोहोरा रहेका छन् ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पठाइएको जनाइएको छ ।