काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तापक्षका सांसदहरूले आफूहरूले बोल्न पाउनुपर्ने माग गर्दै नियमापत्ति जनाएका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्ञानु पौडेलले सदनमा सांसदहरूको बोल्ने अधिकार कुण्ठित गरिएको भन्दै नियमापत्ति गरेकी हुन् ।
बैठकमा विशेष समय लिएर बोल्दै सांसद पौडेलले भनिन्, “सांसदहरूको बोल्न पाउने अधिकारलाई वञ्चित गरी सदनलाई कुण्ठित बनाइएको छ । हामी बोल्ने अधिकारबाट वञ्चित भएका छौँ, यो कुरामा मेरो गम्भीर नियमापत्ति छ ।”



प्रतिक्रिया