कांग्रेस संसदीय दलमा विपक्षी दलहरूको बैठक


काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

प्रधानमन्त्री बालेनको अभिव्यक्तिको विरोधमा प्रतिपक्षले संसद् अवरोध गरेपछि सभामुखले बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए । संसद् स्थगित भएलगत्तै कांग्रेसले आकस्मिक रणनीति तय गर्न सिंहदरबारमा बैठक आह्वान गरेको हो ।

कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।

Skip This

Omoda E5 Pro