बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?


काठमाडौं, जेठ ३१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार २ लाख ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज १ हजार २ सय रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ८ सय ४० रुपैयाँ प्रतितोला थियो । शुक्रबारको तुलनामा आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो ।