सुनचाँदीको मूल्यमा वृद्धि


काठमाडौं, असार १। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर दुई लाख ९८ हजार २०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज प्रतितोला १२० रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।